Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

रोनाल्डोले टुंग्याए २३ वर्षे अन्तर्राष्ट्रिय फुटबल यात्रा, सन्यास लिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

१९ कार्तिक, काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेका छन्।

४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत भिडियो सार्वजनिक गर्दै राष्ट्रिय टोलीको जर्सीबाट आफ्नो यात्रा अन्त्य भएको बताएका हुन्।

सन् २००३ मा पोर्चुगलबाट डेब्यु गरेका उनले २३ वर्षको अन्तर्राष्ट्रिय करिअरमा २३४ खेल खेल्दै १४६ गोल गरेका छन्। दुवै उपलब्धि पुरुष अन्तर्राष्ट्रिय फुटबलमा विश्व कीर्तिमान हुन्।

संन्यासबारे भावुक सन्देश दिँदै उनले पोर्चुगलको ७ नम्बर जर्सी अब नयाँ पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताए। राष्ट्रिय टोलीको जर्सी २३ वर्षसम्म लगाउन पाउनु आफ्नो सौभाग्य भएको उल्लेख गर्दै उनले यो निर्णय सहज नभएको पनि बताएका छन्।

उनका अनुसार सन् २००३ अगस्टमा सुरु भएको यात्राले आफ्नो जीवन परिवर्तन गरेको थियो। अब भने उक्त यात्रामा पूर्णविराम लागेको छ।


प्रतिकृया दिनुहोस्