Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

आईजीपीबाट हटाइएपछि दानबहादुर कार्की पुगे सर्वोच्च

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

१९ कार्तिक, काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट गैरकानुनी रूपमा हटाएको दाबी गर्दै दानबहादुर कार्की न्यायका लागि सर्वोच्च अदालत पुगेका छन्।

आफ्नो कार्यकाल बाँकी रहँदै पदबाट हटाइएको भन्दै कार्कीले पुनर्बहालीको मागसहित रिट दायर गर्न लागेका हुन्।

उनका कानुन व्यवसायी रिट लिएर सर्वोच्च पुगे पनि बिहीबार दिउँसोसम्म दर्ता भइसकेको छैन।

सरकारले बुधबार कार्कीलाई हटाएर मनोज केसीलाई नयाँ प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो। केसीले सोही दिन दर्ज्यानी चिह्न लगाएर पदभारसमेत सम्हालिसकेका छन्।

कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ। तर आफूलाई आईजीपीबाट हटाउने उद्देश्यले उक्त पद सिर्जना गरिएको उनको पक्षको दाबी छ। नवनियुक्त आईजीपी केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।


प्रतिकृया दिनुहोस्