Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सरकारका विवादित कदमबारे कांग्रेसको आन्तरिक छलफल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारीहरू आज सरकारका पछिल्ला निर्णय र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफलमा जुट्दैछन्।

सानेपास्थित पार्टी कार्यालयमा दिउँसो ३ बजे बस्ने अनौपचारिक बैठकमा आईजीपी परिवर्तन, पत्रकारमाथिको धरपकड, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र इनम सापकोटाको अडियो प्रकरणबारे छलफल हुने बताइएको छ।

सरकारका गतिविधिविरुद्ध राजनीतिक तथा कानुनी प्रतिवाद गर्ने रणनीतिसमेत बैठकमा तय हुन सक्नेछ।

साथै, जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी रहेकाले पार्टीको सांगठनिक अवस्थाबारे पनि छलफल हुनेछ।

कांग्रेस महामन्त्री डिला संग्रौलाले बैठक औपचारिक नभई समसामयिक विषयमा केन्द्रित अनौपचारिक छलफल मात्र हुने बताएकी छन्।


प्रतिकृया दिनुहोस्