Skip
आज : २०८३ कार्तिक १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चुनाव हारे पनि ट्रम्प झुकेनन्, इरानमाथिको आक्रमण सही भएको दाबी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १९ गते


Advertisement

काठमाडौं । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले पराजय व्यहोरेपछि पनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्ने निर्णयको बचाउ गरेका छन् ।

ट्रम्पले इरानसँगको युद्ध र त्यसका कारण बढेको इन्धन मूल्यले चुनावी परिणाममा असर पारेको स्वीकार गरे पनि आफ्नो सैन्य निर्णय गलत नभएको जिकिर गरेका छन् । आवश्यक परे पुनः त्यस्तै निर्णय लिने उनको अडान छ ।

फक्स न्युजसँगको अन्तर्वार्तामा उनले अमेरिकी अर्थतन्त्र राम्रो अवस्थामा रहे पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण त्यसको लाभ जनताले महसुस गर्न नसकेको बताए । युद्धका कारण इन्धन महँगिँदा मतदातामा असन्तुष्टि बढेको उनको स्वीकारोक्ति थियो ।

यता उपराष्ट्रपति जेडी भान्सले भने रिपब्लिकन पार्टीको हारको प्रमुख कारण इरान युद्ध भएको बताएका छन् । उनले पराजयको इमानदार समीक्षा गर्दै त्यसको सुरुआत युद्धबाटै गर्नुपर्ने धारणा राखेका छन् ।

ट्रम्पले भने आफ्नो चुनावी रणनीतिमा कमजोरी स्वीकार गरेका छैनन् । आफू उम्मेदवार नरहेकाले समर्थकलाई मतदान केन्द्रसम्म पर्याप्त रूपमा ल्याउन नसकिएको उनको तर्क छ । उनले आफूले समर्थन गरेका केही उम्मेदवारलाई समेत पराजयको दोष दिएका छन् ।

निर्वाचन परिणामपछि मन्त्रिपरिषद् फेरबदल गर्ने योजना नरहेको संकेत गरेका ट्रम्पले डेमोक्रेटहरूसँग सहकार्य गर्न चाहेको बताएका छन् । तर सहकार्य सम्भव नभए कडा राजनीतिक प्रतिस्पर्धा हुने चेतावनीसमेत दिएका छन् ।


प्रतिकृया दिनुहोस्