१८ कार्तिक, काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रताप सुवेदीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको हो।
आज अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले उनलाई नियुक्तिपत्र हस्तान्तरण गर्दै इमानदारीपूर्वक जिम्मेवारी पूरा गर्न निर्देशन दिएका छन्।






















