काठमाडौँ । सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ ।
बुधबार अकस्मात् बसेको मन्त्रिपरिषद्को बैठकले कार्कीलाई जिम्मेवारीबाट हटाउँदै एआईजी मनोज केसीलाई नयाँ जिम्मेवारी दिएको एक मन्त्रीले जानकारी दिए ।
कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ ।
कार्कीले गत २०८२ कात्तिक २७ गतेदेखि महानिरीक्षकको कार्यभार सम्हालेका थिए ।

























