१८ कात्तिक, धनगढी । बझाङको केदारस्युँ गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
आज बिहान काँडाचौरतर्फ जाँदै गरेको जिप ब्रेक फेल भएर सडकबाट करिब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २७ वर्षीया पविता धामी र ४० वर्षीय गोपाल धामीको मृत्यु भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई जिल्ला अस्पताल बझाङ पठाइएको छ ।

























