काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा काठमाण्डू गोर्खाजले पहिलो जित दर्ता गरेको छ।
आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाण्डूले कर्णाली याक्सलाई ४ विकेटले पराजित गरेको हो।
कर्णालीले दिएको १८१ रनको लक्ष्य काठमाण्डूले १९.४ ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। यसअघि पहिलो खेलमा जनकपुरसँग ८ विकेटले पराजित भएको काठमाण्डूले दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गरेको छ।























