Skip
आज : २०८३ कार्तिक १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

घटेको सुनचाँदीको भाउमा फेरि उछाल, सुन तोलामा २३ सयले बढ्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ कात्तिक, १६ गते


Advertisement

काठमाडौं । आइतबार ठूलो गिरावट आएको सुनचाँदीको मूल्य सोमबार पुनः बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेर २ लाख ७४ हजार ३ सय रुपैयाँ कायम भएको छ।

आइतबार सुनको मूल्य ८ हजार ३ सय रुपैयाँले घटेको थियो। त्यसैगरी चाँदीको मूल्य पनि आज तोलामा ७० रुपैयाँले बढेर ३ हजार ७ सय २० रुपैयाँ पुगेको छ। आइतबार चाँदी १७५ रुपैयाँले घटेको थियो।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते तोलाको ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।

यस्तै, चाँदीको उच्चतम मूल्य माघ १५ गते तोलाको ७ हजार ५०५ रुपैयाँ कायम भएको थियो।


प्रतिकृया दिनुहोस्