काठमाडौं । स्पेनको मध्यभागमा दुई रेल ठोक्किँदा कम्तीमा ६८ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा यात्रु घाइते भएका छन्।
बुधबार बिहान मड्रिडबाट सेभिलतर्फ जाँदै गरेको तीव्र गतिको रेल ट्रयाकमा रोकिएको अर्को रेलसँग ठोक्किएको थियो। ठक्करपछि रेलका धेरै डिब्बा लिकबाट बाहिर खसेका थिए।
मड्रिडबाट करिब १४० किलोमिटर दक्षिणमा मोरा र ओर्गाज नगरपालिकाबीच स्थानीय समयअनुसार बिहान ९ बजेपछि दुर्घटना भएको हो।
यातायात मन्त्रीले कम्प्युटर प्रणालीमा आएको खराबी र त्यसपछि भएको मानवीय त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्ने बताएका छन्। दुर्घटनापछि उद्धार गरिएका यात्रुहरूले भग्नावशेषमा फसेका मानिसलाई बाहिर निकाल्न झ्याल फुटाउनुपरेको बताएका छन्।
उक्त दुर्घटनालाई पछिल्लो १३ वर्षयताकै स्पेनको सबैभन्दा घातक रेल दुर्घटनामध्ये एक मानिएको छ।































