Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एसियाली खेलकुद : भारतले जित्यो क्रिकेटको स्वर्ण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १७ गते


Advertisement

१७ असोज, काठमाडौं । एसियाली खेलकुदक क्रिकेमा भारतले स्वर्ण पदक जितेको छ ।

जापानको नागोयामा आज भएको रोमाञ्चक फाइनलमा भारतले कट्टर प्रतिद्वन्द्वी पाकिस्तानलाई १९ रनले पराजित गर्दै एसियाली खेलकुदको क्रिकेटतर्फ स्वर्ण पदक जितेको हो।

विश्व टी–२० च्याम्पियन भारतले निर्धारित २० ओभरमा छ विकेट गुमाएर २११ रन बनाएको थियो । अभिषेक शर्माले ६१ तथा तिलक वर्माले अविजित ५१ रन बनाए ।

जवाफमा पाकिस्तानले हसन नवाजको ९६ रनको उत्कृष्ट प्रदर्शनका बाबजुद २० ओभरमा छ विकेट गुमाएर १९२ रन मात्र बनाउन सक्यो ।


प्रतिकृया दिनुहोस्