२७ भदौ, काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
पार्टीले जारी गरेको सूचनाअनुसार बैठक भोलि दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बस्नेछ ।
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यसँगै प्रदेश सभापतिहरूलाई समेत उपस्थित हुन अनुरोध गरिएको पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।
































