Skip

Hamro Sanchar

ओलीलाई गोकुलको प्रश्न : पहिला फुटाएर गल्ती भो भन, आफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १५ गते


Advertisement

१५ असार, काठमाडौं । नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले पार्टी नेतृत्वमाथी कडा टिप्पणी गरेका छन् । अध्यक्ष केपी शर्मा ओलिले वामपन्थी एकताको रटान लगाएको भन्दै भन्दै बाँस्कोटाले प्रश्न समेत गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले पटक–पटक फुटेको हाँडी फेरि जोड्ने लालसायुक्त रोग चलाइएको टिप्पणीसमेत गरेका छन् ।

उनले वामएकताको रटानलाई नेतृत्ववाट चलाइएको आफ्नो असफलता छोप्न र शक्तिमा टिक्न देखाइएको भुत्ते हतियारको संज्ञा दिएका छन् ।

सुधार र शक्ति आर्जन चाहेकै हो भने पहिला फुटाएर गल्ती भो भन्न पनि उनको आग्रह छ । उनले सोधेका छन्, ुआफू छोडेर सहकर्मीलाई अघि बढ भन्न सक्छौ रुु

आइतबार मदन जयन्तीका अवसरमा आयोजित समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका कम्युनिस्ट शीर्ष नेताहरूले वामएकता हुनुपर्ने धारणा राखेका थिए ।

 


प्रतिकृया दिनुहोस्