
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।
श्रेष्ठले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्।
नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ।
आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले सर्लाही ३ रोजेका हुन्।
नेकपाको पाँचौँ बरियताका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।

















