Skip

Hamro Sanchar

प्रत्यक्ष निर्वाचन लड्न नारायणकाजीले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिए

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ माघ, ४ गते


काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएका छन्।

श्रेष्ठले आज राष्ट्रियसभा सचिवालयमा राजीनामा बुझाएका हुन्।

नेता श्रेष्ठ सर्लाही-३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने टुंगो लागेको छ।

आगामी फागुन २१ गतेका लागि घोषित प्रतिनिधिसभा निर्वाचनका लागि श्रेष्ठले सर्लाही ३ रोजेका हुन्।

नेकपाको पाँचौँ बरियताका नेता श्रेष्ठसहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ ।


प्रतिकृया दिनुहोस्