Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस जोगाउन कोसिस चलिरहेको छ : पूर्णबहादुर खड्का

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ पुष, ३० गते


Advertisement

काठमाडौं । फुटको संघारमा पुगेको नेपाली कांग्रेसलाई जोगाउन कोसिस भइरहेको कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन्।

बुधबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकका लागि केन्द्रीय कार्यालय, सानेपा पुगेका कार्यबाहक खड्काले छोटो प्रतिक्रिया दिएका हुन्। कांग्रेस कार्यालय प्रवेश गर्ने क्रममा सञ्चारकर्मीले के भइरहेको छ भनेर सोधेको प्रश्नमा खड्काले भने, ‘हामी काम गर्दै छौँ।’

विशेष महाधिवेशनमा उम्मेदवारी दर्ताको भइसकेको विषयमा पनि सञ्चारकर्मीले प्रश्न गरेका थिए। त्यसमा कार्यवाहक सभापति खड्काले कुनै प्रतिक्रिया जनाएन्।

कांग्रेस मिल्ने सम्भावना कति छ भनेर सोधिएको प्रश्नमा कार्यवाहक सभापति खड्काले भने, ‘कोसिस चलिरहेको छ।


प्रतिकृया दिनुहोस्