Skip

Hamro Sanchar

दसैंको लागि घर पोत्न माटो खन्ने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, १६ गते


हुम्ला । माटोको ढिस्कोमा पुरिएर हुम्लामा २ जनाको मृत्यु भएको छ।

ताजाँकोट गाउँपालिका-३ का ध्रुव शाही र मनसुरा मल्लको माटो ढिस्कोले पुरिएर आज मृत्यु भएको हो।

दसैं तिहारको लागि घर पोत्ने कमेरो माटो खन्ने क्रममा बिहान ८ बजे माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

ताजाँकोट गाउँपालिका-३ को रामा गाउँको अउल भन्ने स्थानमा घर पोत्ने कमेरो माटो खन्ने बेला ढिस्कोले च्यापिएर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक सुरेश सुवेदीले जानकारी दिए।

एक जना समान्य घाइते र दुई जनाको मृत्यु भइसकेको प्रहरी निरीक्षक सुवेदीले बताए ।


प्रतिकृया दिनुहोस्