Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ठेक्का लागेको दुई वर्षपछि सुरू भयो वनहरा नदीमा पक्की पुल निर्माण

रासस प्रकाशित : २०८१ जेठ, ६ गते


Advertisement

कञ्चनपुर, जेठ ६- शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोड रूपैयाँको लागतमा मोटरेबल पक्की पुल निर्माण थालिएको छ ।

निर्माणको ठेक्का सम्झौता भएको दुई वर्षपछि मात्र काम सुरु भएको हो ।

‘सम्झौताअनुसार तीन वर्षभित्र पुल निर्माण गर्नुपर्ने हो,’ इन्जिनियर विकास श्रेष्ठले भने ठेक्काको समयावधि सकिन एक वर्ष बाँकी छ, एक वर्षभित्र जिम्मेवारी पूरा गर्ने लक्ष्यका साथ काम गरिरहेकाका छौं ।’

पिलर ठड्याउन पाइलिङ भइरहेको तथा बर्खाअगावै पिलर खडा गरिसक्ने उनले बताए ।

स्थानीय दुग्ध व्यवसायी शिवचरण रानाले वर्षातका बेला नदी तर्न नसकेर कलुवापुर हुँदै धनगढी जानुपर्ने अवस्था रहेको बताउँदै पुल निर्माणपछि छोटो बाटोबाट एक घन्टा आगावै धनगढी पुग्न सकिने बताए ।

वडाध्यक्ष नवलसिंह रानाले नदीमा रहेको झोलुङ्गे पुल दुई वर्षअघिको बाढीमा क्षतिग्रस्त भएपछि तिलकी, दुवाहा र दमलपट्टिका बासिन्दालाई नदी तर्न निकै सास्ती खेप्नुपर्ने अवस्था रहेको बताए ।

‘नदीमा बनाइएको अस्थायी पुलमा शुल्क तिरेर स्थानीय आउजाउ गर्दै आएका थिए, बर्खामा जोखिम मोल्दै नदी तर्नुपर्ने बाध्यता थियो, पुल बनेपछि त्यो समाप्त हुनेछ,’ उनले भने ।

पुल निर्माणका लागि लामो समयदेखि गरेको प्रयास सफल भएकामा खुशी व्यक्त गर्दै उनले भने ।


प्रतिकृया दिनुहोस्