Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

पवटी बोलेरो दुर्घटना : ५ जनालाई धुलिखेल अस्पताल रेफर, (घाइतेहरुको नामावलीसहित)

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ जेठ, २ गते


Advertisement

दोलखा, जेठ २- दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको बोलेरो दुर्घटना हुँदा घाइते भएका ५ जनालाई धुलिखेल अस्पताल रेफर गरिएको छ । चरिकोटको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार पश्चात् थप उपचारका लागि ५ जनालाई मेलुङ गाउँपालिका र रेडक्रस दोलखाको एम्बुलेन्समा  धुलिखेल अस्पताल रेफर गरिएको हो ।

मेलुङ गाउँपालिकाका अध्यक्ष हिरा कुमार थोकरकाअनुसार स्थानीय टीका बहादुर कार्की, अर्जुन खड्का, पुष्पा बहादुर कार्की, अर्जुन खत्री र डिल्ली बहादुर कार्कीलाई धुलिखेल अस्पताल पठाइएको हो । अवस्था हेरेर रेफर गर्नुपर्ने विरामीको संख्या बढ्न सक्ने उनले बताए ।

दुर्घटनामा घाइते हुनेहरुमा परि ४५ वर्षीय कृष्ण बहादुर कार्की र ५० वर्षीय विर बहादुर कार्की, बोलेरो चालक ३० वर्षीय हरि बहादुर कार्की, ३१ वर्षीय केदार बहादुर काकी, ४३ वर्षीय मजोज कार्की, ४५ वर्षीय खम्ब बहादुर कार्की, ४३ वर्षीय गुम्ब बहादुर कार्की, ४० वर्षीय विष्णु बहादुर कार्की, ५० वर्षीय भक्त बहादुर कार्की, १८ वर्षीय समिर खड्का र १८ वर्षीय केदार कार्की रहेका छन् । उनीहरुको चरिकोटको पशुपति चौलागाई स्मृति अस्पतालमा उपचार भैरहेको छ ।

गाउँपालिका वडा नम्बर-३ कुने भन्ने स्थानबाट मलामी लिएर तामाकोशी त्रिवेणी घाटतर्फ जाँदै गरेको बागमती प्रदेश ०१०२६ च ९८१३ नम्बरको बोलेरो आज बिहान सत्यश्वर–सिम्टे सडक खण्ड अन्तर्गत भटमासेमा दुर्घटना भएको थियो ।

दुर्घटनामा १६ जना घाइते भएका थिए ।

गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा सबै मलामी घाइते भएका हुन् ।

दुर्घटना लगत्तै स्थानीयले एम्बुलेन्स र बोलेरो मगाएर घाइतेको उद्धार गरी उपचारका लागि चरिकोटको पशुपति चौलागाई स्मृति अस्पताल पुर्याएका थिए ।

मंगलबार गाउँकै एक जनाले आत्महत्या गरेको र उनको शव पोष्टमार्टम पछि सदरमुकामबाट चर्णावती त्रिवेणी घाटमा दाहसंस्कारका लागि ल्याइने भएपछि स्थानीयहरु त्यसतर्फ लागेका थिए ।


प्रतिकृया दिनुहोस्