Skip

Hamro Sanchar

चट्याङ लाग्दा ६ वर्षीय बालकको घटनास्थलमै मृत्यु, भैँसी पनि मर्‍यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २५ गते


अछाम, बैशाख २५- अछाममा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । गएराति हावाहुरीसँगै परेको चट्याङले लाग्दा रामारोशन गाउँपालिका-७ सुतार निवासी कमल भण्डारीका ६ वर्षीय छोरा गौरव भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

घरभित्रै बसेको बेला चट्याङले लाग्दा बालकको घटनास्थलमै मृत्यु भएको हो । चट्याङ लाग्दा रामारोशन ७ कै नयाँ राम भण्डारीको एक भैँसी पनि मरेको छ ।

 

 


प्रतिकृया दिनुहोस्