Skip

Hamro Sanchar

जीबी राई बारे जथाभावी बोल्ने डिल्लीराम खनाल पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, २० गते


काठमाडौं, बैशाख १९- सामाजिक सञ्जालबाट भ्रम फैलाएको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ । जथाभाबी अन्तर्वार्ता दिएर भ्रम फैलाएको आरोपमा मंगलबार पक्राउ परेका खनाललाई प्रहरीले आज सार्वजनिक गरेको हो ।

झापाको दमक नगरपालिका–५ का ४६ वर्षीय खनाललाई मंगलबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

खनालले सहकारी घोटालामा संलग्न आरोपमा फरार गितेन्द्रबावु (जीबी) राईको ‘हत्या’ भएको र हत्यामा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको अभिव्यक्ति दिएका थिए । उनलाई काठमाडौं परिसरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।


प्रतिकृया दिनुहोस्