काठमाडौं, असोज ८- १९ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग खेल्दैछ ।
खेल दिउँसो साढे १ बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगिताको सेमिफाइनलमा पुग्न नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ । पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपाल अङ्कविहीन अवस्थामा छ ।
पाकिस्तान भने दोस्रो खेलमा माल्दिभ्ससँग १–१ को बराबरी खेल्दै दुई खेलबाट ४ अङ्कसहित सेमिफाइनलमा प्रवेश गरिसकेको छ । पाकिस्तान समूह ुएु को शीर्ष स्थानमा छ । एक अङ्क जोडेको माल्दिभ्स दोस्रो स्थानमा छ । आज नेपाल विजयी भए सेमिफाइनलमा पुग्नेछ भने खेल बराबरी भएको अवस्थामा माल्दिभ्स सेमिफाइनलमा पुग्नेछ ।
समूह ए मा नेपाल, पाकिस्तान र माल्दिभ्स छन् । यस्तै, आजै समूह ुबीु का भारत र भुटानबीच पनि खेल हुँदैछ । यो खेल बेलुका साढे ५ बजे हुनेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।