Hamro Sanchar

आजदेखि विश्वकप फुटबल, उद्‌घाटन खेलमा कतार र इक्वेइडरबीच प्रतिस्पर्धा हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७९ मंसिर, ४ गते


Advertisement

काठमाडौं । आजदेखि फिफा विश्वकप २०२२ सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक कतार र दक्षिण अमेरिकी राष्ट्र इक्वेइडर भिड्दै छन्। खेल नेपाली समयअनुसार राति ९ बजेर ४५ मिनेटमा सुरु हुनेछ । कतारमा २० नोभेम्बर देखि १८ डिसेम्बर २०२२ सम्म हुने प्रतियोगिता २२औं संस्करणको प्रतियोगिता हो। प्रतियोगितामा विश्वभरका ३२ टिम सहभागी छ ।

यो विश्वकप अरब क्षेत्रमा आयोजना हुने पहिलो विश्वकप हुनेछ। सन् २००२ को दक्षिण कोरिया र जापानमा भएको प्रतियोगिता पछि पूर्ण रूपमा एसियामा आयोजना हुने दोस्रो विश्वकप हो । यो विश्वकप ३२ टिम सहभागी हुने अन्तिम विश्वकप हुने सम्भावना छ। सन् २०२६ देखि ४८ देश सहभागी हुने निर्णय भइसकेको छ।

प्रतियोगिताका खेल पाँच शहरका आठ स्थानमा खेलाइनेछन् । २०१८ को फिफा विश्वकप फाइनलमा क्रोएसियालाई ४(२ ले हराएको फ्रान्स डिफेन्डिङ च्याम्पियन हो । कतारको गर्मी र आर्द्रताको कारण यो विश्वकप नोभेम्बर र डिसेम्बरमा आयोजना हुन लागेको हो । २९ दिनको कम समयसीमामा खेलाइनेछ उद्घाटन खेल कतार र इक्वेडर बीच अल बेत स्टेडियम, अल खोरमा हुनेछ। फाइनल १८ डिसेम्बर २०२२ मा कतारको राष्ट्रिय दिवसमा हुनेछ ।


प्रतिकृया दिनुहोस्