Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कास्य जितेर स्वदेश फर्कियो नेपाली कबड्डी टोली

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १४ गते


Advertisement

काठमाडौं । जापानमा जारी २०औँ आइची–नागोया एसियाली खेलकुदमा कास्य पदक जितेको नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खेलाडी, प्रशिक्षक तथा व्यवस्थापकसहितको टोलीलाई स्वागत गरिएको हो।

नेपालले एसियाली खेलकुदमा लगातार दोस्रो पटक महिला कबड्डीतर्फ कास्य पदक जितेको हो। सेमिफाइनलमा भारतसँग ४८–२४ ले पराजित भएपछि नेपाल कास्यमै सीमित भएको थियो।

यसअघि चीनको हाङचाउमा भएको एसियाली खेलकुदमा पनि नेपाल भारतसँग सेमिफाइनलमा पराजित हुँदै कास्य पदक जितेको थियो। जापानमा भने नेपालले श्रीलंकालाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो।

मानमती विष्टको कप्तानीमा रहेको नेपाली टोलीमा नानुमाया पराजुली, मनीषा जोशी, मेनुका राजवंशी, विनिता पण्डित, आस्मा यादव, मीना नेपाली, रविना चौधरी, सिर्जना थारू, खिममाया खत्री र गंगा घिमिरे रहेका थिए।

टोलीको प्रशिक्षक पार्वती राई तथा व्यवस्थापक शरद दर्शनधारी थिए।


प्रतिकृया दिनुहोस्