Skip
आज : २०८३ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सन्दीप–लोकेशको विस्फोटक अर्धशतक, जापानलाई १५० रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, १० गते


Advertisement

१० असाेज, काठमाडौं ।  २०औँ एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा नेपालले जापानलाई १५० रनको लक्ष्य दिएको छ।

वर्षाका कारण १५ ओभरमा छोट्याइएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४ विकेट गुमाउँदै १४९ रन बनायो।

नेपालका लागि सन्दीप जोरा ५७ र लोकेश बम ५२ रनमा अविजित रहे। सन्दीपले ३२ बलमा ५ चौका र ३ छक्का प्रहार गरे भने लोकेशले २२ बलमा ६ छक्का र १ चौका हिर्काए।

आसिफ शेखले २१ रन जोडे। नेपालले यसअघि अफगानिस्तानलाई ५ विकेटले हराएको थियो ।


प्रतिकृया दिनुहोस्