७ असोज, काठमाडौं । जापानको नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ।
बुधबार भएको पुरुष करातेको कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा नेपाली खेलाडी तेन्जिङ शेर्पाले कांस्य पदक जितेका हुन्।
सेमिफाइनलमा इरानका महमुद नेमातीसँग ०–५ ले पराजित भएका तेन्जिङले कांस्य पदकका लागि भएको रेपिचेज खेलमा उत्कृष्ट प्रदर्शन गर्दै लाओसका वात्थाना जायासनलाई ९–१ ले पराजित गरे।
यससँगै तेन्जिङले नागोयामा जारी एसियाली खेलकुदमा नेपालका लागि पहिलो पदक सुनिश्चित गरेका छन्।
यसअघि करातेबाट पदकको अपेक्षा गरिएका नेपाली खेलाडीहरू पदकविहीन भएका थिए ।
































