Skip

Hamro Sanchar

सेयर कारोबार बन्द

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असोज, ५ गते


Advertisement

५ असोज, काठमाडौं । नेपाल स्टक एक्सचेन्जले आजको लागि सेयर कारोबार बन्द हुने जनाएको छ।

नेप्सेका ७२ कारोबार सदस्य कम्पनीको सर्भर राखिएको डेटा सेन्टर डेटा हब प्रालिमा आइतबार बिहानैदेखि देखिएको समस्या समाधान नभएको भन्दै नियमित कारोबार नहुने भएको हो।

साथै समाधानको पहल भइरहे पनि हालसम्म समाधान हुन नसकेकाले यथास्थितिमा कारोबार सञ्चालन गर्न नसकिने नेप्सेले उल्लेख गरेको छ।

आजको कारोबार स्थगनका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले पनि निवेदन दिएकोले नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ ९१० अनुसार आजको कारोबार स्थगित गरिएको जनाएको छ।

नेप्सेले यसबाट पर्न गएको असुविधाप्रति माफी समेत मागेको छ ।


प्रतिकृया दिनुहोस्