Skip

Hamro Sanchar

यूएईविरुद्ध आसिफकाे शतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २७ गते


Advertisement

२७ भदौ, काठमाडौं । एसीसी प्रिमियर कप एकदिवसीय अन्तरराष्ट्रिय प्रतियोगिताको फाइनल खेलमा युनाइटेडट अरब इमिरेट्स (यूएई)विरुद्ध नेपाली ओपनिङ ब्याटर आसिफ शेखले शतक पूरा गरेका छन्।

मलेसियाको क्वालालाम्पुरस्थित बायुमास ओभलमा जारी खेलमा उनले १०३ बलमा ८ चौका र ४ छक्कासहित शतक पूरा गरेका हुन्। एकदिवसीय अन्तरराष्ट्रियमा आसिफको यो दोस्रो शतक हो।

उनको सानदार ब्याटिङको मद्दतमा नेपालले आज उत्कृष्ट प्रदर्शन गरिरहेको छ। टस जितेर ब्याटिङ रोजेको नेपालले ३४ ओभरको खेल सकिँदा २ विकेट गुमाएर १८५ रन बनाएको छ।

नेपालले फाइनलमा देव खनाल र शेर मल्ललाई विश्राम दिएर अर्जुन कुमाल र सन्दीप जोरालाई मौका दिएको हो।

जारी प्रतियोगितामा जोराले पहिलोपटक अवसर पाएका हुन्। आजको खेल जित्ने टोलीले अर्को वर्ष आयोजना हुने एसिया कपमा स्थान बनाउनेछ।

नेपाल र यूएई दोस्रोपटक एसीसी प्रिमियर कपको उपाधि जित्ने लक्ष्यमा छन्। नेपाल सन् २०२३ र यूएई २०२४ को संस्करणको विजेता टोली हुन्।

एकदिवसीय अन्तरराष्ट्रिय क्रिकेटमा हालसम्म नेपाल र यूएईले १९ खेलमा एकअर्काको सामना गरेका छन्। जसमा नेपालले ११ र यूएईले आठ खेलमा जित निकालेको विगत छ।


प्रतिकृया दिनुहोस्