Skip

Hamro Sanchar

रसुवा बाढीका कारण महिला भलिबल लिगको तेस्रो संस्करण स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १६ गते


Advertisement

१६ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लूभीएल)को तेस्रो संस्करण स्थगित भएको छ । रसुवा बाढीका कारण लिग स्थगित भएको हो ।

आयोजक इन्फिनिटी ड्रिम्स प्रालिले मंगलबार सामाजिक सञ्जालमार्फत हालको परिस्थितिमा पीडित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लिग स्थगित गर्ने निर्णय भएको जनाएको हो ।

प्रतियोगिता आगामी असोज १५ देखि २४ सम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा हुने तय थियो ।


प्रतिकृया दिनुहोस्