Skip

Hamro Sanchar

टप एन्ड टी–२० सिरिजमा भिक्टोरियासँग नेपाल १ विकेटले पराजित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, १३ गते


Advertisement

१३ भदौ, काठमाडौं । अष्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत भिक्टोरिया सिए–११ सँग नेपाल एक विकेटले पराजित भएको छ ।

आज सम्पन्न आफ्नो छैटौँ खेलमा नेपालले दिएको १४३ रनको लक्ष्य भिक्टोरियाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि टम रोजर्सले २१ बलमा चार चौका र एक छक्कासहित सर्वाधिक ३६ रन बनाए । नेपालका लागि बलिङतर्फ कुशल भुर्तेल र युवराज खत्रीले २र२ तथा आकाश चन्दले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४२ रन बनायो । नेपालका लागि कुशल भुर्तेलले सानदार पारी खेले ।

उनले ५६ बलमा छ चौका र पाँच छक्कासहित अविजित ९० रनको पारी खेलेका हुन् । जारी प्रतियोगितामा कुशलको यो लगातार तेस्रो अर्धशतकीय इनिङ हो ।

यस्तै, आज दीपक डुम्रेले १६ रन जोडे । बाँकी ब्याटरले भने दोहोरो अङ्कमा रन जोड्न सकेनन् । भिक्टोरियाका लागि कलुम स्टो र ह्यारी होकेत्राले सर्वाधिक २र२ विकेट लिए ।

यसपाली प्रतियोगितामा ६ खेल खेलेको नेपालले चार खेलमा हार तथा दुई खेलमा जित दर्ता गर्‍यो । नेपालले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकविरुद्ध आठ विकेट तथा दोस्रो खेलमा बङ्गलादेश हाइपरफर्मेन्स–११ विरुद्ध नौ विकेटको पराजय व्यहोरेको थियो ।

यस्तै, नेपालले तेस्रो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रन तथा चौथो खेलमा अष्ट्रेलियन क्यापिटल टेरिटोरी ९एसिटी०लाई चार विकेटले हराएको थियो । पाँचौँ खेलमा भने नेपाली टोली हैदरावाद किङ्समेन एकेडेमीविरुद्ध ३१ रनले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस्