३ भदौ, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ४ हजार १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
मंगलबार सुन प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला चार हजार ५९५ रुपैयाँ प्रतितोलामा किनबेच भइरहेको छ । मंगलबार चाँदी प्रतितोला चार हजार ७५५ रुपैयाँमा किनबेच भएको थियो ।




























