Skip

Hamro Sanchar

नेप्से आज १९.३४ अंकले घट्यो, कति भयो कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ भदौ, २ गते


Advertisement

२ भदौ, काठमाडौं ।  सेयर कारोबारमापक नेप्से परिसूचक आज १९.३४ अंकले घटेर बन्द भएको छ । अघिल्ला दुई कारोबार दिन लगातार घटेको नेप्सेले आज पनि सोही प्रवृत्ति पछ्याएको हो ।

यद्यपि अघिल्ला दिनको तुलनामा मंगलबार घट्ने दर बढेर दोहोरो अंकमा रहेको छ । सोमबारको तुलनामा ०.७३ प्रतिशतले घटेर नेप्से २ हजार ६ सय २२.४८ अंकमा ओर्लेको छ ।

मंगलबार कारोबारमा आएकामध्ये ५६ कम्पनीको सेयर मूल्य बढ्यो, २१८ वटाको घट्यो र बाँकी ५ वटाको स्थिर रह्यो ।

५५ हजार २ सय ४६ पटकको कारोबारमा १ करोड ५१ लाख ९६ हजार ९ सय ८२ कित्ता सेयर किनबेच भए । ती किनबेचमा ५ अर्ब ७ करोड ३५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ । सोमबार ५ अर्ब ५२ करोड ५५ लाख रुपैयाँको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ उपसमूहमध्ये व्यापारबाहेक सबैको परिसूचक ऋणात्मक बनेपछि समग्र नेप्से १९.३४ अंकले घटेको हो ।

व्यापार उपसमूहको परिसूचक ०.४१ प्रतिशतले बढेको छ । दोहोरो अंकले घटेको बजारमा पनि ५६ कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य बढेको छ ।

तीमध्ये सबैभन्दा धेरै सेयरमूल्य बढ्ने प्रमुख ५ कम्पनीमा सर्वोत्तम पेन्ट्स, माउन्ट एभरेस्ट पावर, मनकामना इन्जिनियरिङ, माथिल्लो मैलुङखोला र एचएलआई लार्ज क्याप छन् ।

तर, २१८ कम्पनीका सेयरधनीको सम्पत्तिको मूल्य भने घटेको छ । तीमध्ये सेयर मूल्य धेरै घट्ने मुख्य पाँच कम्पनीमा सगरमाथा जलविद्युत्, खानीखोला हाइड्रोपावर, सिद्धार्थ इक्विटी फन्ड, सप्तकोशी डेभलपमेन्ट बैंक र लक्ष्मी उन्नति कोष छन् ।


प्रतिकृया दिनुहोस्