Skip

Hamro Sanchar

सुनको मूल्य आज तोलामा ३६ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ३१ गते


Advertisement

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा ३ हजार ६ सय रुपैयाँले बढेको छ । चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुनको मूल्य तोलाको तीन लाख पाँच हजार २०० रुपैयाँ कायम छ । शुक्रबार छापावाल सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा किनबेच भएको थियो ।

चाँदीको मूल्य तोलाको चार हजार ७१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला चार हजार ६६० रुपैयाँमा खरिद–बिक्री भएको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । चाँदी प्रतिऔँस ६४ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


प्रतिकृया दिनुहोस्