२९ साउन, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक शुक्रबार सामान्य अंकले घटेको छ ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७ दशमलव ३७ अंकले घटेर २ हजार ६४३ दशमलव ८३ मा पुगेको छ ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव १३ अंकले बढेर ४६४ दशमलव ७३ मा पुगेको छ ।
फ्लोट सूचक ० दशमलव ४० अंकले घटेर १८१ दशमलव ७६ मा पुगेको छ भने सेन्सेटिभ फ्लोट सूचक ० दशमलव १९ अंकले घटेर १५७ दशमलव १३ मा पुगेको नेप्सेले जनाएको छ ।
आज विभिन्न कम्पनीका ९७ लाख ५४ हजार ४०३ कित्ता शेयर ४ अर्ब २७ करोड ५६ लाख ७५ हजार ४०२ मूल्यमा खरिद बिक्री भएको छ । १३ उपसमूहमध्ये ४ उपसमूहको शेयर मूल्य बढ्दा ९ उपसमूह घटेका छन् ।
आज १०१ कम्पनीको शेयर बढ्यो भने १६४ कम्पनीको मूल्य घट्नुका साथै १२ कम्पनीको मूल्य स्थिर रह्यो ।
नेप्सेका अनुसार माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट कम्पनी, सर्वोत्तम पेन्ट्स कम्पनी र खानीखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
त्यसैगरी सुपरखुदी हाइड्रोपावर कम्पनी, सिटिजन सन्तुलित योजना, साङ्ग्रिला विकास बैंक डिबेञ्चर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।




























