काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आजको कारोबारमा ८.८१ अंकले बढेको छ । योसँगै सेयर बजार परिसूचक २६५१.२१ विन्दुमा उक्लिएको छ ।
बजारसँगै १७१ कम्पनीको सेयर मूल्य बढेको छ । ८६ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ ।
यस दिन तीन अर्ब ७२ करोड ४७ लाख ७० हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड दुई लाख २५ हजार कित्ता सेयर ४५ हजारपटकमा खरिद–बिक्री भएको हो ।
सर्वोत्तम पेन्ट्स र माउन्ट एभरेस्ट पावर डेभलपमेन्टको सेयर मूल्यमा ‘सर्किट ब्रेक’ लागेको छ । सुपर खुदी, घेलम्दी हाइड्रो, सीवाईसी नेपाल लघुवित्तलगायत कम्पनी उच्च कमाउने शीर्ष स्थानमा रहे ।
समूहगततर्फ लगानी र म्युचअल फन्ड घट्दा बाँकी समूह बढेका छन् ।





























