२७ साउन, काठमाडौं । सेयरबजारमा आज साढे ३ अर्बको कारोबार भएको छ।
नेप्से ०.५५ अंकले बढेको दिन बजारमा ३ अर्ब ५३ करोडको कारोबार भएको हो।
नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन १०२ वटा सेयरको मूल्य बढ्दा १६५ वटाको घटेको र ९ वटाको मूल्य स्थिर रहेको छ।
यस दिन माउन्ट एभेरष्ट पावर डेभलपमेन्ट कम्पनीको १५ प्रतिशतले सेयर बढे पनि बाँकी ५.४८ प्रतिशतसम्म मात्रै उकालो लागेका छन्।
यता आईसीएफसी फाइनान्सको ऋणपत्र १५ प्रतिशतले र अपर लोहोरे खोला १४।९८ प्रतिशतले घटेका छन्।
बुधबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको ३१ करोडको कारोबार भएको छ। त्यस्तै वाणिज्य बैंक, फाइनान्स, होटल र पर्यटन, लगानी, सामूहिक लगानी कोष बढ्दा बाँकी घटेका छन् ।





























