Skip

Hamro Sanchar

तोलामा १२ सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २७ गते


Advertisement

२७ साउन, काठमाडौं । आज सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला १ हजार २ सय रुपैयाँ घटेको छ ।

महासंघले आजका लागि सुनको भाउ प्रतितोला ३ लाख ६ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला ३५ रुपैयाँ घटेको छ । महासंघले यस दिनका लागि चाँदीको भाउ प्रतितोला ४ हजार ७४५ रुपैयाँ तोकेको छ । अघिल्लो दिन ४ हजार ७८० रुपैयाँ थियो ।


प्रतिकृया दिनुहोस्