Skip

Hamro Sanchar

१ करोड ९४ लाख राजस्व सङ्कलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २५ गते


Advertisement

२५ साउन, जुम्ला । यातायात व्यवस्था सेवा कार्यालयले गत आर्थिक वर्ष २०८२र८३ मा कुल एक करोड ९४ लाख ४४ हजार राजस्व जम्मा गरेको छ ।

आव २०८१र८२ भन्दा गत आवमा करिब रु ५० लाख बढी राजस्व जम्मा भएको छ । चालक अनुमतिपत्र, सवारीसाधनको सङ्ख्यामा वृद्धि र सेवाप्रवाह छिटोछरितो भएकाले राजस्व बढेको यातायात व्यवस्था सेवा कार्यालयले जनाएको छ ।

पकेट तथा रुट परमिटबाट रु १८ लाख ८८ हजार सवारी दर्ता किताब दस्तुरबाट रु ६४ लाख ९२ हजार, अग्रिम आयकरमार्फत ६ लाख ६८ हजार, बेरुजु असुली एक हजार ५७५ र सवारीसाधन करबाट रु एक करोड ३९ लाख तीन हजार राजस्व जम्मा भएको कार्यालय प्रमुख राजेन्द्र कार्कीले बताए ।

सोही अवधिमा मोटरसाइकल, स्कुटर र मोपेड वर्ग ९ए० अन्तर्गत १८८ वटा, कार, जिप, डेलिभरी भ्यान वर्ग ९बी० अन्तर्गत ३८ र चालक अनुमतिपत्र प्रतिलिपि तथा नवीकरण ३९४ गरी जम्मा ६२० वटा लाइसेन्स वितरण गरिएको छ ।


प्रतिकृया दिनुहोस्