Skip

Hamro Sanchar

कक्षा १२ को मौका परीक्षाको परीक्षाफल सार्वजनिक, कतिले पाए ग्रेड ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २१ गते


Advertisement

२१ साउन, काठमाडौं । कक्षा १२ को मौका परीक्षा (पूरक) को परीक्षाफल प्रकाशित भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो।

परीक्षामा ७१ हजार ३१० परीक्षार्थी सहभागी थिए। सोमध्ये सबै विषयमा ग्रेड प्राप्त गर्ने परीक्षार्थीको संख्या ५७ हजार ८९७ रहेको छ। यो भनेको ८१.१९ प्रतिशत हो।

तीन जना परीक्षार्थीको भने परीक्षाफल रद्द भएको छ।परीक्षाफल बोर्डको वेबसाइट, एसएमएस र आईभीआर सर्भिसबाट प्राप्त गर्न सकिने छ। मौका परीक्षा साउन २ र ३ गते सञ्चालन भएको थियो ।


प्रतिकृया दिनुहोस्