Skip

Hamro Sanchar

विश्वकप लिग- २ :  नेदरल्यान्ड्ससँग भिड्दै नेपाल, जित्नै पर्ने दबाबमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, ७ गते


काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलामा पहिलो जितको खोजीमा रहेको नेपालले आज नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ ।

पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेल आज आयोजक नेदरल्यान्डससँग खेल्न लागेको हो । नेपाल र नेदरल्यान्ड्सको खेल नेपाली समय अनुसार दिउँसो २ स् ४५ बजे सुरु हुनेछ ।

यो खेल नेदरल्यान्ड्सको उट्रेख्त सहरको मैदानमा सुरु हुनेछ । पहिलो खेलमा नामिबियासँग पराजित भएको नेपाल आजको खेल जित्नै पर्ने दबाबमा छ ।

विश्वकप लिग– को अर्को खेलमा जुलाई २७ मा नेपालले पुनः नामिबियासँग र जुलाई २९ मा नेदरल्यान्ड्सविरुद्ध खेल्नेछ ।


प्रतिकृया दिनुहोस्