
५ साउन, काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल, नामिबिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिज आजदेखि सुरु हुँदै छ ।
सिरिज नेदरल्यान्ड्सको घरेलु मैदानमा हुन लागेको हो ।
सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबियासबीच प्रतिस्पर्धा हुँदै छ । यो खेल नेपाली समयअनुसार आज दिउँसो २स्४५ बजे स्पोर्टपार्क मार्सचाल्करविर्डमा हुनेछ ।
आठ टोली रहेको लिग– २ नेपाल ५औँ स्थानमा छ भने नेदरल्यान्ड्स तेस्रो तथा नामिबिया सातौँ स्थानमा रहेका छन् ।
ओडीआई मान्यता र टी– विश्वकप छनोटका लागि महत्त्वपूर्ण मानिएको लिग– २ का बाँकी खेलमा नेपाललाई जित हासिल गर्नुपर्ने बाध्यता छ । लिग– २ मा २८ खेल खेलेको नेपालले ११ वटामा मात्रै जित निकालेको छ ।






























