Skip

Hamro Sanchar

स्विट्जरल्यान्डलाई हराउदै अर्जेन्टिना सेमिफाइनलमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २८ गते


२८ असार, काठमाडौं । साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज बिहान भएको क्वार्टरफाइनलको खेलमा स्विट्जरल्यान्डलाई ३–१ गोल अन्तरले पराजित गरेर अर्जेन्टिना सेमिफाइनलमा पुगेको हो ।

अब अर्जेन्टिनाले फाइनलमा पुग्नका लागि इङ्ग्ल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलमा १०औँ मिनेटमा अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टरल पहिलो गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा अर्जेन्टिनाले १–० गोलको अग्रता कायम गरेको थियो।

त्यसपछि ७६औँ मिनेटमा स्विट्जरल्यान्डका डान एन्डोयेले गोल फर्काएका थिए । त्यसपछि कुनै गोल हुन नसक्दा खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयमा २ गोल गरेर अर्जेन्टिना विजयी भएको हो ।


प्रतिकृया दिनुहोस्