Skip

Hamro Sanchar

धोबीखोलामा हामफालेकी महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २५ गते


२५ असार, काठमाडौँ। काठमाडौँको धोबीखोलामा हामफालेकी एक महिलाको शव फेला परेको छ।

सशस्त्र प्रहरीको दंगा नियन्त्रण रेजिमेन्ट कीर्तिपुरबाट खटिएको टोलीले काठमाडौँ १४‚ बल्खुको कुमारी क्लबनजिकै बागमती नदीबाट शव निकालेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवनकुमार भट्टराईका अनुसार कालोपुल र रातोपुलबीचको धोबीखोलामा एक महिलाले हामफालेको भन्ने सूचनाका आधारमा प्रहरी, सशस्त्र प्रहरीले बागमती नदीमा खोजी सुरु गरेको थियो।

महिलाको शव भेटिए पनि पहिचान खुल्न बाँकी रहेको एसपी भट्टराईले जानकारी दिए।

 


प्रतिकृया दिनुहोस्