Skip

Hamro Sanchar

हात्तीको आक्रमणबाट चितवनमा आमा छोराको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २१ गते


२१ असार, नारायणगढ । चितवनमा हात्तीको आक्रमणबाट आमा छोराको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र ४ वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको जानकारी दिए ।

हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमासमेत आगलागी भएको छ । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएका थिए ।


प्रतिकृया दिनुहोस्