
काठमाडौं, असार २०- तेस्रो अन्तर विद्यालय सितोरियो कराते प्रतियोगिता–२०८३ को अवसरमा विश्व निकेतन माध्यमिक विद्यालयका प्रधानाध्यापक हेरम्कँबराज कडेल सम्मानित हुनुभएको छ ।
खेलकुद, शिक्षा तथा समाजसेवाको क्षेत्रमा लामो समयदेखि निष्ठा, समर्पण र सक्रियतापूर्वक पुर्याउँदै आएको योगदानको उच्च कदर गर्दै आयोजकले उहाँलाई सम्मान–पत्र प्रदान गरेको हो।
आयोजकका अनुसार कँडेलले विभिन्न सामाजिक तथा शैक्षिक संघ–संस्थामार्फत शिक्षा र खेलकुदको विकासमा पुर्याएको योगदान अनुकरणीय रहेको भन्दै प्रतियोगिताको विशेष अवसरमा सम्मान गरिएको जनाएको छ।
सम्मान–पत्र कार्यक्रममा संयोजक तथा सिनियर कराते प्रशिक्षक साइला गमालले कँडेललाई सम्मान अर्पण गरेका थिए। कार्यक्रममा कँडेलको सुस्वास्थ्य, दीर्घायु तथा आगामी दिनमा शिक्षा र खेलकुद क्षेत्रको विकासमा अझ प्रभावकारी योगदानको कामना पनि गरिएको थियो।
तेस्रो अन्तर विद्यालय सितोरियो कराते प्रतियोगिता–२०८३ नेपालमा विद्यालयस्तरको कराते खेलको विकास, खेलाडी उत्पादन तथा खेलप्रतिको आकर्षण अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना गरिएको प्रतियोगिता हो।
































