Skip

Hamro Sanchar

ट्राफिक प्रहरीले गर्यो एकै दिन २० लाख बढी राजस्व संकलन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, २० गते


२० असार, काठमाडौं  । पछिल्लो २४ घण्टामा २ हजार जना सवारी चालक सवारी नियम उल्लङ्घनको कारबाहीमा परेका छन् ।

ट्राफिक प्रहरीका अनुसार उक्त कारबाहीबाट राज्यकोषमा रु २० लाख चार हजार १४ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ६१, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १२९, सङ्केत बत्ती उल्लङ्घनकर्ता ६१ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११३ जनालाई कारबाही गरिएको हो।

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने १०७, निषेधित क्षेत्रमा हर्न बजाउने ८४, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९३, एकतर्फी सडकमा सवारी चलाउने ९६ र अन्य सवारी नियम पालना नगरेका एक हजार २५६ गरी कूल दुई हजार जनालाई कारबाही गरिएको हो ।


प्रतिकृया दिनुहोस्