
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध भएको छ ।
आज मध्याह्न जलवीरेनजिकै सुक्खा पहिरो खस्दा बाटो दुईतर्फी अवरुद्ध भएको सडक डिभिजन भरतपुरले जनाएको छ ।
“सडक आवागमन सञ्चालनमा ल्याउनको लागि तैनाथ अवस्थामा रहेको दुईवटा मेसिनद्वारा दुवैतर्फबाट पहिरो हटाउने कार्य भइरहेको छ,” सडक डिभिजनले भनेको छ ।
रोकिएरका सवारीसाधनका चालकलाई लेन अनुशासन पालना गर्न सडक डिभिजनले आग्रह गरेको छ ।





























