Skip

Hamro Sanchar

किन पक्राउ परे पत्रकार खेम भण्डारी ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १८ गते


१८ असार, काठमाडौं । पत्रकार खेम भण्डारी पक्राउ परेका छन् । भण्डारी आज बिहान कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ परेका हुन् ।

भण्डारीलाई अदालतको फैसला कार्यान्वयनका क्रममा पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणका विषयमा गाली बेइज्जतीको मुद्दामा पत्रकार भण्डारीलाई कञ्चनपुर जिल्ला अदालतले दोषी ठहर गरेको थियो ।

जिल्ला अदालतका न्यायाधीश राजेन्द्रसिंह भण्डारीको इजलासले उनलाई गाली २०८२ जेठ १ गते बेइज्जतीको कसुरमा एक महिना कैदको फैसला गरेको थियो । जेल सजायसहित १० हजार जरिबाना र एक लाख क्षतिपूर्ति तिराउने फैसला पनि भएको थियो ।

निर्मला पन्त प्रकरणमा तथ्यहीन रूपमा आफूलाई जोड्दै समाचार लेखेको भन्दै कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक (एसपी) दिल्लीराज विष्ट (हाल एसएसपीबाट अवकाश)का छोरा किरण विष्टले उनीविरुद्ध मुद्दा दायर गरेका थिए ।

१० साउन २०७५ साउनमा १० गते साथीको घर गएकी निर्मलाको शव ११ गते बलात्कारपछि हत्या गरिएको अवस्थामा फेला परेको थियो । घटना अझै सुल्झिएको छैन ।

पक्राउ परेका भण्डारीलाई आज नै जिल्ला अदालत उपस्थित गराइएको छ ।


प्रतिकृया दिनुहोस्