
१६ असार, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालेन नेतृत्वको सरकारमाथि गम्भीर आरोप लगाएका छन् ।
अध्यक्ष ओलिले सरकारले हस्तक्षेप गरेकाले अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)ले अखिल नेपाल फुटबल एन्फालाई निलम्बन गरेकोे आरोप लगाएका छन् ।
आज काठमाडौंमा एमालेनिकट नेपाल खेलकुद महासंघले आयोजना गरेको एक कार्यक्रममा उनले खेलकुद क्षेत्रमा सरकारको हस्तक्षेप रोक्न लागिपर्न पार्टीका सम्बद्ध पक्षलाई निर्देशन समेत दिएका छन्।
उनले एन्फामाथि फिफाले लगाएको प्रतिबन्धबाट मनोबल गिराउने काम नगर्न पनि खेलकुद क्षेत्रका सबैलाई अपिल गरेका छन् ।
अध्यक्ष ओलीले खेलकुद क्षेत्रको जरैदेखि विकास गर्ने काममा सरकारले ध्यान दिनुपर्ने आवश्यकता औँल्याए । देशको प्रतिष्ठा बढाउन खेलकुद क्षेत्रको योगदान हुने भएकाले पनि यसको विकासमा सबैले पहल गर्नुपर्ने उनको भनाइ थियो ।






























