Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

बालेन सरकारले सुकुमवासीलाई होल्डिङ सेन्टर छाड्न दियो एक हप्ताकाे समय

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ असार, १२ गते


Advertisement

१२ असार, काठमाडौं । सरकारले सुकुमवासीहरूलाई होल्डिङ सेन्टर खाली गर्न थप एक हप्ता समय दिएको छ ।

यसअघि असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न भनेकोमा सरकारले आज एक सूचना जारी गरी १९ गतेसम्मको समय दिएको हो ।

यसअघि असार ९ गते अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सूचना जारी गरी असार १२ गतेभित्र होल्डिङ सेन्टर छाड्न निर्देशन दिएको थियो ।

शुक्रबार फेरि समितिले सूचना जारी गरी उक्त समय अवधि छोटो भएको भन्ने गुनासोको आधारमा म्याद थपिएको जनाएको छ ।

आज जारी सूचनामा लेखिएको छ, ‘यस समितिको पूर्व सूचनाअनुसार २०८३र०३र१२ भित्रमा होल्डिङ सेन्टरहरुमा बसोबास गर्नेहरुलाई स्व व्यवस्थापन गर्न भनी जानकारी गराइएकोमा घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको भन्ने गुनासो समेतको अवस्थालाई ध्यानमा राखी २०८३र०३र१९ गतेसम्म समयसीमा थप गरिएको व्यहोरा जानकारी गराइन्छ ।


प्रतिकृया दिनुहोस्